तीन वटै तहको चुनाव एक वर्षभित्र हुन्छ : प्रधानमन्त्री देउवा

admin

काठमाडौं, ७ माघ : प्रधानमन्त्री शेरबहादुर देउवाले अबको एक वर्षभित्र तीन वटै तहको चुनाव हुने बताएका छन् ।

सरकारले ६ महिना पूरा गरेको अवसरमा (आज) शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अबको एक वर्षभित्र पालिका, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने बताए । तीन तहको चुनाव गर्नुपर्ने दायित्व सरकारको काँधमा रहेको भन्दै उनले तयारीमा जुट्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

यस्तै उनले कोरोना महामारी सामना गर्नका लागि खोप नै प्रभावकारी माध्यम रहेको भनेर नै ६ महिना अघि आफूले सरकारको जिम्मेवारी सम्हाल्दा चैतसम्ममा खोप लगाउने योग्य सबैलाई खोप लगाउने प्रतिवद्धता जारी गरेको र अहिले पनि खोप अभियान जारी रहेको बताए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय बनाइएको भन्दै उनले अर्थतन्त्र र सामाजिक कृयाकलामा सकेसम्म काम असर पर्नेगरी व्यवस्था मिलाइने जानकारीसमेत दिए । अहिले प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन जारी छ ।

प्रतिक्रिया