तीन वर्षपछि भेटियो चन्दननाथको बहुमूल्य मूर्ति

admin

जुम्ला, माघ ६ : नेपालकै प्रसिद्ध चन्दननाथ मन्दिरबाट हराएको मुख्य मूर्ति तीन वर्षपछि भेटिएको छ। २०७३ साल मसिंर ११ गते राति जुम्ला स्थित चन्दननाथ मन्दिरबाट चोरी भएको मूर्ति गते सोमबार भेटिएको हो। मन्दिरको मूर्ति चोरीको अनुसन्धान गर्ने जिम्मा केन्द्रीय अनुसन्धान व्युरोले लिए पनि खासै प्रभावकारी अनुसन्धान हुन सकेको थिएन।

चन्दनानथ नगरपालिका १ दानसाँघुको दाला ज्युलाको खेतमा बेवारिसे अवस्थामा मूर्ति भेटिएको हो। स्थानीय लोकेन्द्र हमालले खेतको आलीमा मूर्ति भेटेपछि जिल्ला प्रहरी कार्यालय जुम्लामा खवर गरेका थिए। चन्दननाथको मूर्ति हुनसक्ने भन्दै प्रहरीलगायत सरोकारवालालाई खबर गरेपछि चन्दननाथ मन्दिरको मूर्ति भएको रहस्य खुलेको हो।

प्रहरी नायव उपरीक्षक लालबहादुर धामीको नेतृत्वको सुरक्षा टोली र स्थानीय प्रशासनले कानुनी प्रक्रिया पूरा गरी बाजा गाजासहित सदरमुकाम ल्याइएको छ। मूर्ति मुचुल्का गर्न प्रहरी घटनास्थल पुगेको थियो।

मुचुल्का उठाइसकेपछि जिल्ला प्रशासन कार्यालयमा पत्रकार नागरिकहरुबिच सार्वजानिक गरिएको हो। भेटिएको मूर्ति यही माघ १५ गते शुक्ल पञ्चमीका दिन मन्दिरमा पुन: स्थापनाका लागि तयारी गरिने पञ्चाङग निर्णायक समितिका रमानन्द आचार्यले बताए।

यस अघि प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे, डिएसपी लालबहादुर धामी नेतृत्वको टोलीले लागु औषध र चोरी नियन्त्रणका लागि गाउँगाउँमा छापा मार्दै आएको थियो। यसकारणले चोरी भएको मूर्ति खेतमा फालिएको हुन सक्ने प्रहरी प्रशासनको आशंका छ।

जुम्लामा प्रहरीले २१ वटा लागुऔषध ओसारपसार गर्नेलाई कानुनको दायरामा ल्याइएको छ गुठी व्यवस्थापन समितिका पूर्व अध्यक्ष गौरीनन्द आचार्याले भने अब हाम्रो मन्दिरको सरस्वतीको मूर्ति, शंख, सुनले मोडेको सालिग्रामको ढिक्का र गणेशको मूर्ति भेटिन बाँकी रहेको छ। उनले सुरक्षाकर्मीलेको यो सफलताले बाँकी मूर्ति भेटिने आशा व्यक्त गरे।

मूर्ति भेटिएको बारेमा जानकारी गराउन सोमबार १ बजे पत्रकार सम्मेलन गरिएको थियो। तर जुम्लामा मूर्तिचोरीमा संलग्नलाई भने अहिलेसम्म पत्ता लगाउन सकिएको छैन।

मूर्ति चोरीमा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको दाबी छ। २०७३ मंसिर ११ गते राति मन्दिरबाट मूख्य मूर्तिसहित दर्जनौं बहुमूल्य मूर्ति चोरिएका थिए। मूर्ति चोरी भएपछि तत्कालीन प्रहरी नायब महानिरीक्षक विज्ञानराज शर्मासहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जुम्ला पुगेको थियो।

प्रतिक्रिया