तीन सवारी ठोक्किँदा दुई जनाको मृ’त्यु, चारको अवस्था गम्भीर

admin

झापा : पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको सुरुङ्गामा तीनवटा सवारीसाधन ठोक्किँदा दुईजनाको मृ’त्यु भएको छ। घाइ’ते छ जनामध्ये ४ जनाकाे अवस्था चिन्ताजनक छ।

दुर्घटना परी मृ’त्यु हुनेमा कार चालक सुनसरीको धरान उपमहानगरपालिका १६ बस्ने २८ वर्षीय दीपक क्षेत्री र कारमा सवार सोलुखुम्बु पासाङ गाउँपालिका १ बस्ने ३० वर्षीय दिलीप राना मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) राकेश थापाले जानकारी दिए ।

उनीहरूको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृ’त्यु भएको हो । प्र’हरीका अनुसार कनकाई नगरपालिका ४ सुरुङ्गास्थित कोटीहोम नजिकै बुधवार दिउँसो प्रदेश १–०४–००१च ०१६७ नम्बरको कार, प्रदेश १–०१३ प १७८३ नम्बरको मोटरसाइकल र ग्यास बोकेको ट्रक एक आपसमा ठोक्किएका हुन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख १६८४ नम्बरको ग्यास बोकेको ट्रकले उछिन्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको कार र मोटरसाइकलसँग ठोक्किँदा दु’र्घटना भएको हो । दुर्घ’टनामा परी कारमा सवार चार र मोटरसाइकलमा सवार दुई गरी ६ जना घा’इते भएका थिए । त्यसमध्ये कारमा सवार दुई जनाको मृ’त्यु भएको हो ।

गम्भीर घा’इते हुनेमा कारमा सवारमा मृतक मगरकी श्रीमती ३० बर्षीया अन्जु मगर, कारमै सवार ३० वर्षीय सुरेश मगर, मोटरसाइकल चालक झापा शिवसताक्षी नगरपालिका २ बस्ने ३९ वर्षीय ज्ञानबहादुर कसाई र उनकी श्रीमती ३० बर्षीया सोनम श्रेष्ठ रहेको डिएसपी थापाले बताए।

उनीहरूको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था चिन्ताजनक रहेको प्र’हरीले जनाएको छ। दु’र्घटना परेका तीन वटै सवारीसाधन इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया