तेस्रो विश्वयुद्ध नेपालबाटै शुरु हुनेछ : लोकेन्द्र पोख्रेल (भिडियो)

मनिषा थापा

पिएनपिखबर : सामाजिक अभियान्ता लोकेन्द्र पोख्रेलले नेपालबाट तेश्रो विश्व युद्ध शुरु              हुने सम्भावना प्रबल रहेको बताएका छन्। अमेरिकाले चीन र भारतलाई द्वन्दमा परिणत गर्ने रणनीति बनाएको र नेपाललाई त्यहि रणनीतिको बीचमा पार्ने उनले अभिव्यक्ति दिए। उनले विदेशी दलालको प्राभावले नेपाल द्वोंदमा फस्नेमा पोख्रेलले आपत्ति जनाए।

उनले भने, ”अबको २०३० सम्म पुग्दा चीन विश्वको पहिलो अर्थतन्त्र अर्थव्यवस्था, अमेरिका दोस्रो र भारत तेस्रो हुदैछ। आफ्नो स्थान कम नहोश भनेर विश्वको शक्ति सन्तुलन एशियामा केन्द्रित हुदैछ।” तेस्रो युद्ध भएमा जनताले निकै शास्ती सहनु पर्ने र युद्ध गराउने एजेन्टहरु भने विदेशमा गएर विलाशी जीवन विताउने उनले टिप्पणी गरेका छन्।

उनले नेपालजस्तो सुन्दर देश विदेशीको लागि रणभूमि भएको उनको भनाई छ। देशभक्ति नभएको सत्ताले देशलाई विदेशी दलालसँग लागेर अस्थिरतातर्फ धकेल्नुको साथै द्वोंदमा फसाउन लागेको उनको आरोप छ। देशमा रोजगारी, स्वास्थ्य, शिक्षा सृजना गर्नु पर्ने बेलामा नेताहरु विदेशी दलालसँग लागेर देश नै सिध्याउन लागेको उनको गुनासो छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू