तेहरानको स्वास्थ्य क्लिनिकमा बि’स्फोट, १९ जनाको मृत्यु

admin

काठमाडौं, १७ असार : इरानको राजधानी तेहरानस्थित एक स्वास्थ्य क्लिनिकमा भएको ठूलो बि’स्फोटन र आ’गलागीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

इरानी आपतकालीन सेवाका अनुसार मृत्यु हुनेहरुमा १५ जना पुरुष र ४ जना महिला रहेका छन् । प्रारम्भिक अनुसन्धानमा स्वास्थ्य उपचार गर्ने एक क्लिनिकको तल्लो तलामा राखिएका अक्सिजनका सि’लिण्डर बि’स्फोट भएका थिएको पाइएको छ ।

प्रहरी र उद्धारकर्मीले घटनास्थलबाट अरु घाइतेको उद्धार गरी अस्पताल लगेका थिए । उक्त घटनामा कुनै असामाजिक तत्वको संलग्नता रहे नरहेको बारेमा प्रहरीले अनुसन्धान पनि शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया