त्रिशूलीमा बगेर एक जना बेपत्ता

राष्ट्रिय समाचार समिति

चितवन, २८ कात्तिक: इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित त्रिशूली नदीमा आज दिउँसो नुहाउने क्रममा नदीले गाएर एक जना बेपत्ता भएका छन् ।


जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बेपत्ता हुनेमा विरगञ्ज महानगरपालिका–३२ का अन्दाजी २१ वर्षीय विजय लामा रहेका छन् ।

धारापानी क्षेत्रमा ज्यालामजदूरी गरी बस्दै आएका लामा नुहाउने क्रममा दिउँसो तीन बजे बेपत्ता भएका हुन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया