त्रिशूली नदीमा बस खस्यो : ३ जनाको मृत्यु, ११ जनाको उद्धार

admin

धादिङ, साउन २४ : बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमामा बस खस्दा ३ जनाको ज्यान गएको छ । ११ जनाको उद्धार गरिएको छ । सिरहाको मलंगवाबाट काठमाण्डौंको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको हो । अहिले उद्धारको काम भैहरेको छ । बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान छ ।

त्रिशूलीमा खसेको बसको आधा भाग मात्रै देखिएको छ। घाइतेलाई मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ । सेना, नेपाल प्रहरी र प्रहरीले उद्धारको काम गरिरहेका छन् ।

प्रतिक्रिया