थप एक हजार तीन सय ३० जनामा संक्रमण पुष्टि, पाँच जनाको ज्यान गयो

admin

काठमाडौं, ५ असोज : मंगलबार देशभर एक हजार तीन सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार ६ सय २२ जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा गरिएको परीक्षणको नौ दशमलव ७६ प्रतिशत हो । मंगलबार थपिएकासहित नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ७५ हजार नौ सय ५९ पुगेको छ । यस्तै बितेको २४ घण्टामा एक हजार आठ सय ३० जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या सात लाख ५४ हजार पुगेको छ ।

यही अवधिमा थप पाँच जना संक्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५३ पुगेको छ । अहिले नेपालमा २१ हजार पाँच सय २४ जना सक्रिय संक्रमित रहेकामा तीन सय ३५ जनाको आईसीयू र एक सय सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

बितेको २४ घण्टामा ५२ हजार दुई सय ४२ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । योसहित नेपालमा पूर्ण मात्रा खोप लगाउनेको संख्या ५६ लाख २८ हजार सात सय ९२ जना र एक मात्रा खोप लगाउनेको संख्या ६२ लाख ३० हजार आठ सय २३ पुगेको छ ।

प्रतिक्रिया