थप कडाइ गर्न थालियो उपत्यकामा जोर बिजोर प्रणाली

admin

काठमाडौं, १३ असोज : कार्यालय समयमा सवारी जाम हुन थालेपछि जोर बिजोर प्रणालीलाई थप कडाइ गरिएको छ । स्थानीय प्रशासनले जारी गरेको जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाइएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम प्रसाद ढकालले बताएका छन् ।

जोर बिजोर अनुसार कार्यालय, कम्पनी र संघ-संस्थालाई सवारीको व्यवस्थापन गर्न पनि ट्राफिक महाशाखाले आग्रह गरेको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागु हुनेगरी काठमाडौं, भक्तपुर र ललितपुरमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेका थिए ।

मंगलबार बिहानसम्म ट्राफिक प्रहरी महाशाखाले निर्णय मिचेर चलाइएका ८ सय २५ सवारी साधान होल्ड गरेको छ । तीमध्ये ६ सय ८३ वटा मोटरसाइलक र स्कुटर छन् । ‘होल्ड गरिएका सवारीलाई साँझ ८ बजे मात्र छाड्छौं’ एसएसपी ढकालले भने, ‘कोभिड-१९ संक्रमणको जोखिम छ, त्यसैले जोर बिजोर प्रणाली पूर्णरुपमा पालना गरिदिनुहुन सवैलाई अपिल गरेका छौं ।’

प्रतिक्रिया