थप चार जनाको मृत्यु, आज ३३८ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, २६ साउन : सोमबार उपत्यकामा ४४ सहित देशभर ३३८ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३६ तथा ललितपुर र भक्तपुरमा ४-४ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

सोमबार ३३८ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १४० जना संक्रमित निको भएर घर फर्किएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १६ हजार ४९३ जना पुगेको छ ।

योसँगै अब सक्रिय संक्रमितको संख्या ६ हजार ७३८ रहेको छ भने सोमबार ८ हजार ४३२ जनाको परीक्षण भएको छ । यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ जना पुगेको छ ।

प्रतिक्रिया