थप दुई हजार ७ सय ६८ जनामा संक्रमण पुष्टि हुँदा चार हजार २० जना कोरोनामुक्त

admin

काठमाडौं, ४ असार : शुक्रबार नेपालमा दुई हजार सात सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सात हजार पाँच सय ५९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार नौ सय ६३ जना र पाँच हजार चार सय ६८ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय पाँच जना गरी दुई हजार सात सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म पीसीआर विधिमार्फत परीक्षण गर्दा ६ लाख १७ हजार नौ सय ४७ जना र एन्टिजेन विधिमार्फत परीक्षण गर्दा २४ हजार आठ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बितेको २४ घण्टामा चार हजार २० जना कोरोना भाइरसको संक्रमणबाट निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या पाँच लाख ४९ हजार ६ सय ८२ पुगेको छ ।

बितेको २४ घण्टामा र यसअघिको विवरणसहित ४४ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या आठ हजार ६ सय ४१ पुगेको छ । अहिले नेपालमा ५९ हजार ६ सय २४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया