थप नौं सय ६८ जनामा संक्रमण पुष्टि, पूर्ण मात्रा खोप लगाउनेको संख्या ६४ लाख नाघ्यो

admin

काठमाडौं, १९ असोज : बितेको २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ प्रतिशतमा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ४२ जनाको नमुना परीक्षण गर्दा ६ प्रतिशत अर्थात् नौ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएकासहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ९१ हजार दुई सय २४ पुगेको छ । मंगलबार थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९८ हजार सात सय ६६ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२ हजार चार सय ५८ जनामा संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा थप एक हजार एक सय १४ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या सात लाख ७१ हजार तीन सय ३८ पुगेको छ । यही अवधिमा थप ६ जनासहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार एक सय ८० पुगेको छ ।

अहिले नेपालमा १६ हजार दुई सय ४८ जना सक्रिय संक्रमित रहेकामा तीन सय ३५ जनाको आईसीयू र एक सय २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बितेको २४ घण्टामा एक लाख ३२ हजार आठ सय ९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

अहिलेसम्म ६४ लाख नौ हजार एक सय ९६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यो कुल जनसङ्ख्याको २९ दशमलव पाँच प्रतिशत हो । यस्तै कुल ३६ दशमलव चार प्रतिशत अर्थात् ७९ लाख १३ हजार पाँच सय ५५ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया