थप पाँच जनाको ज्यान गयो, सक्रिय संक्रमितको संख्या ४३ सय नाघ्यो

admin

काठमाडौं, २ बैशाख : बितेको २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेको संख्या तीन हजार ६६ पुगेको छ । बिहीबार नेपालमा पाँच सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३५ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा चार सय ९० जना र पाँच सय ६४ जनाको एन्टिजेन परिक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा संक्रमण पुष्टि भएका पाँच सय ३४ जनासहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ८२ हजार ५४ पुगेको छ । यस्तै २४ घण्टामा एक सय ५७ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७४ हजार ६ सय चार पुगेको छ । सक्रिय संक्रमितको संख्या पनि बढेर ४३ सय ८४ पुगेको छ । 

प्रतिक्रिया