थप १०६६ जनामा संक्रमण पुष्टि भएसँगै १३ जनाको ज्यान गयो

admin

काठमाडौं, १५ असोज : शुक्रबार १०६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३३६८ जनामा गरिएको नमुना परीक्षणमा १०६६ जनामा संक्रमण पुष्टि भएको हो ।

बितेको २४ घण्टामा ९३८ जना संक्रमित अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन् भने १३ जनाको ज्यान गएको छ । मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या १८११५ रहेको छ ।

प्रतिक्रिया