थप ११८ जनामा संक्रमण, डिस्चार्ज हुनेको संख्या ८ हजार ११ पुग्यो

admin

काठमाडौं, २६ असार : शुक्रबार थप ११८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ८ हजार ६०३ पुगेको छ । यसमध्ये काठमाडौं उपत्यकामा ४२ जना रहेका छन् ।

प्रदेश १ मा ४ जना, प्रदेश २ मा २० जना, बागमती प्रदेशमा ५१ जना, गण्डकी प्रदेशमा १३ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा १५ जना र सदूरपश्चिम प्रदेशमा ३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् । योसँगै कूल ८०११ जना डिस्चार्ज भएका छन् । यो संख्या कूल संक्रमितको ४८.१ प्रतिशत हो ।

यसैगरी विगत २४ घण्टामा २५ वटा प्रयोगशालाबाट ४ हजार ८०६ जनाको पीसीआर परीक्षण भएका छन् ।  क्वारेन्टिनमा २३ हजार ९१० जना रहेका छन् भने आइसोलेसनमा ८ हजार ६०३ रहेका छन् ।

प्रतिक्रिया