थप १२ जनामा सङ्क्रमण, नेपालमा सङ्क्रमितको संख्या ७०० पुग्यो

admin

काठमाडौं, १३ जेठ : मंगलबार थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित हुनेको संख्या सात सय पुगेको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाको अनुसार मंगलबार बिहान सङ्क्रमण पुष्टि हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ८ जना, भेरीगङ्गा नगरपालिका र सिम्ता गाउँपालिकाका दुई/दुई जना रहेका छन् ।

उनीहरु  केही दिनअघि भारतबाट आएका थिए । कर्णाली प्रदेशमा अहिलेसम्म २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णालीमा पहिलो कोरोना संक्रमण दैलेखको आठविस नगरपालिकाका एक जनामा देखिएको थियो।

प्रतिक्रिया