थप १४७ जनामा संक्रमण पुष्टि, कोरोना निको हुनेको संख्या १२ हजार ८४० पुग्यो

admin

काठमाडौं, ८ साउन : उपत्यकामा बिहीबार थप ९ जनासहित १४७ मा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाका संक्रमितमा भक्तपुरका २, काठमाडौंका ५ र ललितपुरका २ रहेका छन् ।

योसँगै कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यस्तै बितेको २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै संक्रमणमुक्त रहनेको संख्या १२ हजार ८४० पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ । यसैबीच हाल ६ जिल्लाहरु पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमणमुक्त रहेका छन् ।

बिहीबार कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

प्रतिक्रिया