थप १ सय १ जना संक्रमण पुष्टि

admin

काठमाडौं, २ साउन : शुक्रबार थप १०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ पुगेको छ ।

नेपालमा कूल संक्रमितको संख्या १७ हजार ४४५ जना रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८५ जना कोरोनाका संक्रमित निको भएका छन् ।

योसँगै नेपालमा निको हुनेको संख्या ११ हजार ५३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६६.१२ प्रतिशत संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ४६८६ जनाको पीसीआर टेस्ट गरिएको छ । हाल क्वरोन्टिनमा २२ हजार ७५७ र आइसोलेसनमा ५ हजार ८७१ संक्रमित रहेका छन् । यस्तै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

प्रतिक्रिया