थप १ हजार १५४ जनामा संक्रमण पुष्टि, कोरोनाबाट आज १६ जनाको ज्यान गयो

admin

काठमाडौं, ५ असार : सोमबार एक हजार एक सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार दुई सय ७६ पुगेको को स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा नौ हजार पाँच सय ३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार एक सय ५४ जनामा संक्रमण देखिएको हो ।

बितेको २४ घण्टामा एक हजार पाँच जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ४७ हजार दुई सय ३८ पुगेको छ ।

अब नेपालमा १७ हजार ६ सय ११ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार चार सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा १६ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय २७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया