थप २०१ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो

admin

काठमाडौं, २१ जेठ : नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २३०० पुगेको छ । मंगलबारसम्म संक्रमितको संख्या २०९९ रहेको थियो ।

बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको बताएका छन् । 

यस्तै बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ । हालसम्म ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया