थप २१३ जनामा संक्रमण पुष्टि, बितेको २४ घण्टामा कसैको पनि ज्यान गएको छैन

admin

काठमाडौं, १५ माघ : कोरोना भाइरसको संक्रमणका कारण बितेको २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार तीन जनाको ज्यान गएकोमा बिहीबार कसैको पनि ज्यान गएको छैन ।

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म दुई हजार २० जनाको ज्यान गएको छ । यस्तै बितेको २४ घण्टामा दुई सय १३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७० हजार पाँच सय ८८ पुगेको छ ।

यस्तै थप दुई सय ९६ जना निको भएसँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ६५ हजार तीन सय ६५ पुगेको छ । अब नेपालमा ३२ सय तीन जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया