थप २१४ जनाको ज्यान गयो, आज पाँच हजार ७६७ जना कोरोनामुक्त

admin

काठमाडौं, ३ जेठ : सोमबार थप २१४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ भने सोमबार मात्रै ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । २१ हजार ६ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा नौ हजार एक सय ९८ जना र चार सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ भने निको हुने संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ७६७ जनामा संक्रमण निको भएको थियो ।

प्रतिक्रिया