थप २४२८ जनामा संक्रमण पुष्टि, पाँच जनाको ज्यान गयो

admin

काठमाडौं, ९ बैशाख : बिहीबार कोरोनाभाइरस कोभिड १९ को संक्रमणबाट थप २४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १० हजार १ जनाको र एन्टिजेन विधिबाट ४४७ जनाको परीक्षण गरिएको थियो । जसमा ​पीसीआर विधिबाट २३ सय ६५ र एन्टिजेनबाट ६३ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको पनि मन्त्रालयले जनाएको छ । सो अवधिमा २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख ७६ हजार ३४५ जना निको भएका छन् भने कुल संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । कुल मृतकको संख्या ३ हजार ११७ पुगेको छ । नेपालमा हाल १२ हजार ६९० जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया