थप २५९ जनामा काेराेना संक्रमण, एककाे मृत्यु

admin

काठमाडौँ, मंसिर १३ : पछिल्लाे २४ घन्टामा देशभर थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप २५९ जनामा संक्रमण पुष्टि भएकाे हाे।

देशैभर ९ हजार ८८८ जनाको कोरोना परीक्षण गरिएकाे थियाे । पछिल्लाे २४ घन्टामा थप एक जनाकाे काेराेना संक्रमणबाट मृ त्यु भएकाे छ ।

यससँगै नेपालमा काेराेनाबाट मृ त्यु हुनेकाे संख्या ११ हजार ५२४ पुगेको छ । यसैगरी पछिल्लाे २४ घन्टामा थप २६८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल ६ हजार ९४४ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया