थप २८३ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या २ लाख ६५ हजार ५९ पुग्यो

admin

काठमाडौं, १४ माघ : बुधबार थप दुई सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार हजार तीन सय ८२ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या दुई लाख ७० हजार तीन सय ७५ जना पुगेको छ । यस्तै बितेको २४ घण्टामा दुई सय ४६ जना निको भएसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख ६५ हजार ५९ पुगेको छ ।

यस्तै थप तीन जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई हजार २० पुगेको छ । अहिले नेपालमा तीन हजार दुई सय ८६ जना आइसोलेशनमा रहेका छन् ।

प्रतिक्रिया