थप २ हजार ४ सय ७४ जनामा संक्रमण पुष्टि हुँदा २ हजार ५ सय १८ जना कोरोनामुक्त

admin

काठमाडौं, १० असार : बिहीबार देशभर दुई हजार चार सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सात हजार दुई सय ३५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ७७ जना र चार हजार नौ सय ९७ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ९७ जना गरी दुई हजार चार सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार संक्रमण पुष्टि भएकासहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख २९ हजार चार सय ३१ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९ हजार नौ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बितेको २४ घण्टामा दुई हजार पाँच सय १८ जना कोरोना संक्रमणबाट निको हुँदा अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या पाँच लाख ७० हजार नौ सय ५८ जना पुगेको छ ।

अहिले नेपालमा ४९ हजार पाँच सय ५५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै थप २४ जनाको कोरोना संक्रमणबाट ज्यान गएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ हजार नौ सय १८ पुगेको छ ।

प्रतिक्रिया