थप ३०२ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, ९ माघ : शुक्रबार देशभर तीन सय दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६८ हजार नौ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा चार सय ८० जना निको भएसँगै दुई लाख ६३ हजार तीन सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिले नेपालमा तीन हजार छ सय १४ जना सक्रिय संक्रमित रहेका छन् ।

बितेको २४ घण्टामा थप सात जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार नौ सय ८६ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया