थप ३१८ जनामा संक्रमण पुष्टि, ६ जनाको ज्यान गयो

admin

काठमाडौं, ७ माघ : बुधबार थप तीन सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६८ हजार तीन सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म २० लाख २६ हजार सात सय २६ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै बितेको २४ घण्टामा तीन सय ८३ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ६२ हजार ६ सय ४२ पुगेको छ ।

यसैगरी थप ६ जनाको ज्यान गएसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार नौ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया