थप ३३४ जनामा संक्रमण, नेपालमा संक्रमितको संख्या २६३४ पुग्यो

admin

काठमाडौं, २२ जेठ : नेपालमा बिहीबार थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कूल संख्या २६३४ पुगेको छ ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् । बुधबारसम्म नेपालमा संक्रमितको कूल संख्या २३०० रहेकामा बिहीबार थप ३३४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै थप १२ जना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २९० पुगेको छ ।

यस्तै हालसम्म ९ जना संक्रमितको मृत्यु भएको छ । सरकारले हाल विभिन्न स्थानका २१ प्रयोगशालाबाट परीक्षण गर्दै आएको छ ।

प्रतिक्रिया