थप ३६७ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमित २९६१ जना

admin

काठमाडौं, २९ चैत : आइतबार तीन सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३१ सय २५ जनाको पीसीआर परीक्षण गर्दा तीन सय तीन जना र ६ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी कुल तीन सय ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ८० हजार २८ पुगेको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएकामध्ये एक सय ५४ जना काठमाडौं उपत्यकाका रहेका छन् । यस्तै बितेको २४ घण्टामा एक सय ४१ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७४ हजार २७ पुगेको छ ।

अहिले नेपालमा २९ सय ६१ जना सक्रिय संक्रमित छन् । बितेको २४ घण्टामा एक जनाको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन हजार ४० पुगेको छ ।

प्रतिक्रिया