थप ५ सय ४५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

admin

काठमाडौं, कार्तिक ४ : पछिल्लो २४ घण्टामा थप ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। ८ हजार ५ सय ४९ जनाको परीक्षण गर्दा ५ सय ४५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै सोही समयमा ७ सय २६ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ११ हजार ३ सय १५ रहेको छ। २४ घण्टाको अवधिमा संक्रमण भएकामध्ये ८ जनाको मृ त्यु भएको छ।

अहिलेसम्म देशभर कोरोना संक्रमण भएका ११ हजार ३ सय २६ जनाको मृ त्यु भइसकेको छ। सोही अवधिमा २३ हजार ५ सय ६८ जनाले कोरोना वि रु द्धको खोप लगाएका छन्।

प्रतिक्रिया