थप ६७ जनामा कोरोना संक्रमण पुष्टि

admin

काठमाडौं, १९ फागुन : बुधबार देशभर ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन हजार तीन सय ९९ जनाको पीसीआर परीक्षण भएकोमा ६७ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

बुधबार थपिएकामध्ये काठमाडौं उपत्यकाका मात्रै ५६ जना रहेका छन् । काठमाडौंमा ३९, ललितपुरमा १४ र भक्तपुरमा ३ जनालाई कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । 

बितेको २४ घण्टामा ६२ जना कोरोनामुक्त भएका छन् । अहिले नेपालमा सात सय ६६ जना संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ४२ जना आईसीयू र नौ जनाको उपचार भेन्टिलेटरमा भइरहको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया