थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

admin

काठमाडौं, १८ फागुन : मंगलबार देशभर थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार हजार एक सय २७ जनाको पीसीआर परीक्षण गर्दा ७८ जनामा संक्रमण देखिएको र नेपालमा कोरोना पोजेटिभ पुष्टि हुनेको संख्या दुई लाख ७४ हजार दुई सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ७२ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७० हजार पाँच सय ४३ पुगेको छ । अहिले नौ सय ७४ जना आइसोलेशनमा रहेका छन् । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा दुई हजार सात सय ७७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया