थप ८३६ जनामा संक्रमण पुष्टि, चार जनाको ज्यान गयो

admin

काठमाडौं, ३ बैशाख : शुक्रबार थप आठ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५५ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा आठ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको १५ प्रतिशतभन्दा धेरैमा संक्रमण पुष्टि हो ।

यस्तै बितेको २४ घण्टामा ६ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको छ । योसहित बितेको २४ घण्टामा नौ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा दुई लाख ८२ हजार आठ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बितेको २४ घण्टामा दुई सय आठ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७४ हजार आठ सय १२ पुगेको छ । अहिले नेपालमा पाँच हजार आठ जना सक्रिय संक्रमित छन् । थप चार जनाको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन हजार ७० जना पुगेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार पाँच परीक्षणको पाँच प्रतिशतभन्दा धेरैमा संक्रमण पुष्टि भएमा महामारीको जोखिमपूर्ण अवस्था मानिन्छ ।

प्रतिक्रिया