थप ९०७० जनामा संक्रमण पुष्टि, आज मात्रै ५४ जनाले ज्यान गुमाए

admin

काठमाडौं, २३ बैशाख : बिहीबार थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो । (हिजो) बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५६ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार बिहीबार पीसीआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा ८९७० र १०० जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा ३ हजार ९७२ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौं जिल्लामा ३ हजार १६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा संक्रमण देखिएको छ । 

यस्तै बितेको २४ घण्टामा ५४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० र निको हुनेको कुल संख्या २ लाख ९२ हजार ४९० पुगेको छ । बितेको २४ घण्टामा २७०७ जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।

यसैगरी मृतकको कुल संख्या ३ हजार ५२९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ भने संक्रमित निको हुने दर ७९.४ प्रतिशत रहेको छ । पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ भने धेरैजसो जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया