थप ९ सय ५३ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

admin

काठमाडौं, ९ असोज : १० हजार ५७९ नमूना परीक्षणमा ९ सय ५३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा ७ हजार ५० नमूनाको पीसीआर र ३ हजार ५२९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ७ सय ९० र एन्टिजेन विधिबाट १६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ६ जनाको मृ त्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृ त्यु हुनेको संख्या ११०८७ पुगेको हो। मन्त्रालयका अनुसार शुक्रबार थप १३ सय ७१ जना कोरोनामुक्त भएका छन्।

कोरोनाका सक्रिय संक्रमितको संख्या १९७०० पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित ३६३ जनाको भेन्टिलेटरमा र १०९ जनाको आइसीयूमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा २१६७२५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

 

प्रतिक्रिया