थाइल्याण्डका राजाले आफ्नै बडिगार्डसँग गरे विवाह

मनिषा थापा

एजेन्सी : थाइल्याण्डका राजाले आफ्नो सुरक्षाका लागि राखिएको एक कार्यकारी प्रमुख सुथिदासँग विवाह गरेका छन् । ६६ वर्षका राजा माहा वाजिरालङ कोर्नले आफ्नो बडिगार्डसँग विवाह गरेका हुन् ।

राजाले उनलाई रानीको उपाधि पनि दिएका छन् । माहाका पिता सन् २०१६ मा निधन भएपछि उनी राजा बनेका हुन् । उनले तीनपटक विवाह र सम्बन्ध विच्छेद गरिसकेका छन् ।

उनका सात सन्तान छन् । सुथिदासँग राजा माहाको लामो समयदेखि प्रेम सम्बन्ध थियो । उनीहरु सार्वजनिक कार्यक्रममा सँगै देखिने गरेका थिए ।

प्रतिक्रिया