थुनामुक्त हुने वित्तिकै जगमेर पुनः गिरफ्तार

admin

काभ्रे : प्रतिबन्धित नेकपाका नेता लेखराज गजमेर पुनः गिरफ्तारमा परेका छन् । धुलिखेल स्थित जिल्ला प्र’हरी कार्यालयको हिरामत रहेका गजमेरलाई सर्वोच्च अदातलले २०७७-०२- १४ छोड्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि जिल्ला अदालत काभ्रेका श्रेस्तेदार गोविन्द प्रसाद घिमिरेको र इन्सेक काभ्रेका प्रतिनिधि हिरामान लामाको रोहवरमा थुनामुक्त गरिएको थियो । तर सादा पोषाकमा रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका इनिस्पेक्टर सुरेश खत्रीको टोलीले लगत्तै गजमेरलाई गिरफ्तार गरेको हो ।

उनलाई संगठित अपराध अन्तर्गत वि’ष्फोटक पदार्थ मुद्दामा जिल्ला प्र’हरी कार्यालय काभ्रेमा थुनामा राखिएको थियो । जगमेरलाई २०७७-०१-१८ गते जिल्ला प्र’हरी कार्यालय रामेछापको हिरासतबाट काभ्रे ल्याइएको थियो ।

गजमेरले २०७७-०२-०२ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । पुनःगिरफ्तारमा परेका नेता गजमेरलाई प्रहरीले बा १२ च २५७४नम्बरको गाडीमा चढाएर काठमाण्डौ तर्फ लगेको छ ।

प्रतिक्रिया