दक्षिण एसियाकै ठुलो समीको रुख गोरखामा

मनिषा थापा

भक्तपुर : दक्षिण एसियाकै ठुलो समीको रुख गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं ३ फुजेलमा भेटिएकाे छ । फुजेलमा रहेकाे समीको रुख दक्षिण एसियाकै ठुलो भएको अनुमान गरिएको हाे । फुजेलको याग्दीमा रहेको उक्त रुखलाई स्थानीयले आफ्नै पहलमा संरक्षण गरेका छन्।

गोरखाकै स्थानीय युवा नेत्री तथा समाजसेवी रेखा लोप्चनको एक कार्यक्रममा जाँदा हामीले यस रुख बारे यो भिडियो खिच्ने सौभाग्य पाएका थियौं। यति ठुलो र धेरै क्षेत्रफलमा फैलिएको समीको रुख अन्त कतै नभेटिएकाले यो रुखनै दक्षिण एसियाकै सबै भन्दा ठुलो रुखमा पर्ने स्थानियहरुको दावी छ । अहिले रुखको संरक्षण र प्रबद्धनको लागि स्थानियहरु लागि परका छन्। फुजेल पुग्ने जो कोही मानिस पनि यो रुख देखेर अचम्ममा पर्ने गरेका छन् । अहिले उक्त समीको रुख हेर्ने मानिसहरुको भिड लाग्ने गरेको छ। यहाँ आउने जो कोही मानिस पनि सो रुखको फोटो खिच्न लालाहीत हुने गरेका छन् ।

हेर्नुहोस भिडियोमा दक्षिण एशियाकै सबैभन्दा ठुलो समीको रुख  ;

हेर्दा अनौठो लाग्ने सो रुखको संरक्षण र पर्यटकलाई आकर्षित गर्न भन्दै स्थानियहरुले पहल समेत शुरु गरेका छन् । स्थानियले रुखको वरिपरी जनश्रमदानमा काँडेतार लागाउनुको साथै शौचालय र पिउने पानीको समेत व्यवस्था गरेका छन् । करिब ३०० वर्ष पुरानो अनुमान गरिएको उक्त रुखलाई धार्मिक दृष्ट्रिकोणबाट पनि निकै महत्वपुर्ण मान्ने गरिएको पाईन्छ ।

रुखको फेदमा सत्यदेवीको मन्दिर रहेकाले पनि यसलाई धार्मिक रुपले पनि महत्वपुर्ण मानिएको हो । उक्त रुखको सम्रक्षणको लागि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले समेत आर्थिक सहयोग गरेको छ। साभार जनसुचना डट कम

प्रतिक्रिया

सम्बन्धित समाचारहरू