दक्षिण कोरियाका कुटनीतिज्ञ अमेरिका जाने

शर्मिला गुरुङ

सोल, दक्षिण कोरिया, ३० कात्तिक (रासस ÷एएनआई) : कोरियाली प्रायःद्वीपको शान्ति र सुरक्षा मामिला सम्बन्धी विशेष प्रतिनिधि ली डो–हून तीन दिने भ्रमणको क्रममा आगामी नोभेम्बर १९ मा संयुक्तराज्य अमेरिका जानुहुने भएको छ ।


दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार, लीले आफ्ना अमेरिकी समकक्षी स्टेफान बाइगनसँग भेटवार्ता गर्नुहुनेछ । ती दुई कुटनीतिज्ञबीच उत्तर कोरियाको आणविक निःशस्त्रीकरण प्रयत्न र कोरियाली प्रायःद्वीपमा शान्तिको विषयमा वार्ता हुने अनुमान गरिएको छ ।

कोरियाली प्रायःद्वीपमा निशस्त्रीकरण, प्रतिबन्धहरु र अन्तर–कोरियाली भ्रमण आदानप्रदानका विषयमा “नियमित र व्यवस्थित” रुपमा सञ्चार सम्पर्क स्थापनाका लागि कार्यसमूह स्थापना गर्ने प्रस्ताव पनि कार्यसूचीमा राखिएको छ ।

तीन साताभित्रै दुवै कुटनीतिज्ञबीचको यो दोस्रो वार्ता हो । यसअघि पनि गत हप्ता अमेरिकाको न्यूयोर्कमा दुवै कुटनीतिज्ञबीच छलफल भएको थियो । रासस

प्रतिक्रिया