दमकमा ‘ग्याङ फाइट’: एकको मृत्यु, दुई घाइते

admin

दमक, ८ साउन: झापाको दमकमा बुधबार दिउँसो दुई समूहबीच झगडा हुदाँ एकजना युवाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्। झडपका क्रममा धारिलो हतियार प्रहारबाट दमक-२ का मानबहादुर सुब्बाको १९ वर्षीय छोरा विक्रम लिम्बूको ज्यान गएको हो। दमक-१ दुर्गामन्दिर पछाडि भृकुटी टोलमा बुधबार दिउँसो २५–३० जनाको दुई समूहका युवाबीच झगडा हुँदा लिम्बूमाथि धारिलो हतियार प्रहार भएको थियो।

धारिलो हतियार प्रहारबाट घाइते लिम्बूको स्थानीय लाइफलाइन अस्पताल दमकमा ल्याउन साथ ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। झडपमा परि घाइतेमध्ये दमक २ का विक्रम भण्डारीको लाइफलाइन अस्पतालमा उपचार हुन नसकेपछि विराटनगर रेफर गरिएको छ भने अर्का घाइते दमक ३ का सुजन भुजेलको भने लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक श्यामल सुब्बाले जानकारी दिए। प्र

हरीका अनुसार यसअघि हिँजो मंगलबार पनि सोही समूहका युवाबीच झगडा भएको स्थानीयबासीले बताएका थिए। आज पनि बिहानैदेखि सो ठाउँमा समूहमा युवा भेला भएका र अपरान्ह ४ बजेतिर दुई समूहबीच झगडा हुँदा छुरी हानाहान भएको थियो। झडपका कारण खुल्न सकेको छैन्। प्रहरीले घटनामा संलग्नहरूको खोजी कार्य तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया