दयाह्यांग राईको ‘कबड्डी कबड्डी कबड्डी’ कुइन्स्ल्यान्डमा

पूजा बानियाँ

पिएनपीखबर, पुजा बानियाँ। कलाकारहरुको कलात्मक कलाकारिताको साथै बेजोड निर्देशन र सामाजिक सहिषुणतालाई प्रस्तुत गरिएको कबड्डीको अर्को सेरिज ‘कबड्डी कबड्डी कबड्डी’ अशोज ३ यानिकि सेप्टेम्बेर २० मा नेपालभर प्रदर्शन हुँदै छ। नेपालमा मात्र नभएर उक्त चलचित्र अस्ट्रेलियाको ब्रिसबेन शहरको ब्रिसबेन सिनेमामा पनि रिलिज हुने भएको छ।

विशेषत: देश बाहिर रहेर पनि नेपाली चलचित्रलाई माया गर्ने दर्शकलाई लक्षित गरेर उक्त चलचित्र ब्रिसबेनमा एक्स्पर्ट एजुकेसन याण्ड भिसा सर्भिसेसको सहकार्यमा रिलिज हुन लागेको हो।

राम बाबु गुरुङको निर्देशनमा रहेको उक्त चलचित्रमा दयाह्यांग राई, उपशना सिङ ठकुरी, कर्मा, विल्सन राई, बुद्धि तमाङ्ग, बिजया बराल, पुस्कर गुरुङ, कबिता आले, माओत्से गुरुङ, लोनिभा तुलाधर, कमल मणि नेपाल, अरुणा कार्की पोखेरेल, डाक्टर सिङ गुरुङ, शिला खनाल र मणि कुमार राईको बेजोड अभिनय रहेको छ।

प्रतिक्रिया