दशैँअघि नै बालबालिकाका लागि कोरोनाविरुद्धको खोप ल्याइन्छ : राज्यमन्त्री श्रेष्ठ

admin

काठमाडौं, ८ असोज : बालबालिकाका लागि आवश्यक कोरोना विरुद्धको खोप ल्याउने तयारी भइरहेको सरकारले जनाएको छ । बालबालिकाका लागि आवश्यक मोडर्ना र फाइजर खोप ल्याउने गरी स्वास्थ्य मन्त्रालयले तयारी गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँअघि नै एक लाख डोज खोप ल्याउने बताएका छन् ।

शुक्रबार चितवनमा भएको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको र फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको समेत बताए । यो खोप अत्याधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल चलिरहेको उनको भनाइ छ ।

आउँदो चैत महीनाभित्र कोरोना विरुद्धको पूर्ण खोप लगाइसक्ने गरी ल्याइने पनि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बताए । सरकारले अहिले १८ वर्षभन्दा माथिका विद्यार्थी र ४५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिइरहेको छ । अब बालबालिकालाई समेत खोप लगाउने तयारी छ ।

प्रतिक्रिया