दाइजोमा मोटरसाइकल नदिएको भन्दै मण्डपबाट भागे दुलाहा

रिता घिसिंग

जयपुर : एक लालची दुलाहाले आफुले चाहे अनुसारको दाइजो नपाएको भन्दै बिबाहको मण्डप नै छोडेर भागेका छन्। दुलाहा भागेपछि दुलहीले उनि बिरुद्ध प्रहरी कहाँ उजुरी दिएका हुन् । दुलहीका परिवार अनुसार शुक्रबार भैरहेको बिबाह बिचमै छोडेर दुलाहा भागेका हुन्। दुलाहाले मोटरसाइकलको माग गरेका थिए।

दुलाहाले फेरेको रसम शुरु हुन् लागेको समयमा मोटरसाइकलको माग गरेका थिए। जुन सुनेर दुलहीका परिवारले अस्विकार गरे। त्यसपश्चात दुलाहा मण्डपमै दुलही छोडेर निस्किए। दुलाहा झालावाड़ जिल्लाका जवार टाउनका २२ बर्षिय मेघराज लोधा हुन्।

दुलाहा भागेपछि दुलही पक्षले लालची दुलाहा र उनका परिवार बिरुद्ध दाइजो मागेको भन्दै उजुरी दर्ता गरे। उजुरी दर्ता गरेपछि दुलाहा र उनका परिवार फर्के दुलहीको परिवारसंग कुरा गरे। त्यसपछि पुन बिबाहको रसम पुरा गरे।

प्रतिक्रिया