दाङमा बस दुर्घटना, एक किशोरीको मृत्यु, २० जना घाइते

admin

दाङ, ११ मङ्सिर : दाङमा बस दुर्घटना हुदा एक किशोरीको मुत्यु भएको छ, भने २० जना घाइते भएका छन्। दाङको घोराही देखी प्युठानको ढिकावाङ तर्फ जादै गरेको ना ३ ख ६५४२ नम्वरको बस बंगलाचुली गाउँपालिका ६ बचेनी भन्ने ठाउँमा मंगलवार दुर्घटना हुदा बसमा सवार प्युठान माण्डवी गाउँपालिका २ बस्ने वर्ष १६ की नेहा वलीको घटना स्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बस दुर्घटनामा परि अन्य २० जना घाइते भएका छन्। घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ, भने अन्यको मध्यम र सामान्य रहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार दुर्घटनामा परि बंगलाचुली गाउँपालिका ६ रुपिनडाडा बस्ने ४० वर्षिय बसका सहचालक हिक्मत पुन गम्भिर घाइते भएका छन्। उनको उपचारका लागि कोहलपुर रेफर गरिएको छ।

यस्तै बस चालक प्युठान माण्डवी गाउँपालिका १ बस्ने ३४ वर्षीय लोक बहादुर बुढा, घोराही उपमहानगरपालिका १ बस्ने ३२ बर्षिय सन्तोष परियार, घोराही १६ शर्रा बस्ने २२ वर्षया बिमला शर्मा गम्भिर घाइते भएका छन्। उक्त बस अनियन्त्रित भई सडकदेखि ५० मिटर तल खसेको थियो।

प्रतिक्रिया