दिनेश र करिष्माको अभिनयमा ‘दहवसेको फेदैमा नम्जा गाउँ’ {भिडियो सहित}

admin

गायक कृष्ण थापा मगर , लोकप्रेमी परियार र गायिका गीता देवी सुनारको नयाँ सालैजो गीत‘दहवसेको फेदैमा नम्जा गाउँ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘दहवसेको फेदैमा नम्जा गाउँ’ बोलको म्युजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा शब्द लय सिर्जनामा यामजी सुनारकोे रहेको छ । मौलिक लोक भाकामा तयार पारिएको गीतमा नेपाली ग्रामिण परिवेशको चित्रण गरिएको छ । ‘दहवसेको फेदैमा नम्जा गाउँ’ गीतको भिडियोमा दिनेश मुस्कान र करिष्मा ढकालको अभिनय तथा नृत्य रहेको छ ।

दिनेश मुस्कानको निर्देशनमा बनेको भिडियोमा गोविन्द विवसको कोरियोग्राफी , विरेन्द्र परियारको छायाँकन , दिनेश मुस्कान को सम्पादन रहेको छ । ‘दहवसेको फेदैमा नम्जा गाउँ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया