दिन प्रतिदिन सुनको भाउ बढ्दै, आज पनि तोलामा १५ सयले बढ्यो

मनिषा थापा

भक्तपुर :  साताको पहिलो दिनबाटै लगातार बढिरहेको सुनको भाउ आज झनै बढेर नेपालको इतिहासमा नयाँ रेकर्ड कायम गरेको छ। हिजो २ सय रुपैयाँ बढेर ६८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एकैदिन १५ सय बढेर ६९ हजार ५ सय रुपैयाँ पुगेको छ ।

सोमबार एकैदिन प्रतितोला १५ सय रुपैयाँ बढेर ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ६८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ६९ हजार २ सय रुपैयाँ तथा चाँदी ८ सय १० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजावी सुन ६७ हजार ७ सय रुपैयाँ तथा चाँदी ७९५ रुपैयाँमा कारोबार भएको थियो ।

अघिल्लो साताको बिहीबारबाटै लगातार बढ्दै गएको सुनको भाउले दैनिक रुपमा उच्च रेकर्ड बनाएको छ । आज पनि सुनको भाउ अहिलेसम्मकै उच्च हो भने आज चाँदीले पनि उच्च रेकर्ड बनाएको छ ।

प्रतिक्रिया