दिल्लीको एक अदालतमा गो’ली चल्दा तीन जनाको ज्यान गयो

admin

एजेन्सी, ८ असोज : दिल्लीको एक अदालतमा गो’ली चल्दा तीन जनाको ज्यान गएको छ । दिल्लीको रोहिणी अदालत परिसरमा गो’ली चल्दा एक ग्याङस्टार र दुई आ’क्रमणकारीको ज्यान गएको बीबीसीले जनाएको छ ।

गो’ली चल्दा ज्यान गुमाउने ग्याङस्टारको नाम जितेन्द्र मान गोगी भएको जनाइएको छ । आ’क्रमणकारीहरू वकिलको पहिरनमा आएका थिए । यस घटनामा एक महिला वकिलसहित तीन जना घाइते भएका बीबीसीमा उल्लेख छ ।

दिल्ली प्रहरीले यस घटनाको पुष्टि गरेको छ । ‘ग्याङस्टार (जितेन्द्र)लाई सुनुवाइका लागि अदालतमा ल्याउने क्रममा दुई आ’क्रमणकारीले उसमाथि गो’ली चलाए । प्रहरीको जवाफी कारबाहीमा दुई आ’क्रमणकारीको ज्यान गएको छ’, दिल्ली प्रहरी कमिस्नरले समाचार एजेन्सी एएनआईसँग भनेका छन् ।

प्रतिक्रिया