दिवङ्गत परिवारको स्मृतिमा रु दुई लाखको अक्षयकोष स्थापना

शर्मिला गुरुङ

काठमाडौँ, १७ जेठ : झापाको दमक–२ स्थित सरस्वती आधारभूत विद्यालयमा स्थानीय दुई जना दाता परिवारहरुले आफ्ना दिवङ्गत परिवारको स्मृतिमा रु दुई लाखभन्दा बढीको अक्षयकोष स्थापना गरेका छन् । स्थानीय कमलपति खनालले आफ्ना दिवङ्गत मातापिताको स्मृतिमा रु एक लाख १२ हजार ५०० को धनपति–नर्बदा स्मृति अक्षयकोष र खगेन्द्र तथा निर्मला अधिकारीले पनि आफ्ना दिवङ्गत मातापिताको स्मृतिमा रु एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

सो अक्षयकोषवाट प्राप्त ब्याजले गरीब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रधानाध्यापक चन्द्र भट्टराईले जानकारी दिनुभयो ।

सोही अवसरमा स्थानीय नेत्र दाहालले आफ्नो जन्मदिनको अवसर पारेर ३० जना विद्यार्थीलाई ब्यागसमेत प्रदान गर्नाका साथै कक्षा ३ मा अध्ययनरत विपन्न परिवारकी छात्रा कञ्चन न्यौपानेको अभिभावकत्वसमेत ग्रहण गर्नुभएको थियो । रासस

प्रतिक्रिया