दुई चलचित्र सङ्घबीच एकता

admin

काठमाडौँ, २९ फागुन: नेपाल चलचित्र निर्माता सङ्घ र चलचित्र निर्माता सङ्घ नेपालबीच एकता भएको छ । नेपाली चलचित्र उद्योगको छाता सङ्गठनका रूपमा रहेको दुई सङ्घबीच आज नौबुँदे सहमतिसहित एकता भएको हो । सहमतिमा चलचित्र सङ्घ नेपालका तीन सदस्यलाई नेपाल चलचित्र सङ्घको कार्यसमिति सदस्य पदमा ल्याउने, दुई सदस्यलाई वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदमा ल्याउने सहमति भएको सङ्घका अध्यक्ष आकाश अधिकारीले जानकारी दिनुभयो ।

यस्तै नेपाल चलचित्र निर्माता सङ्घको आउँदो चैतमा हुने १५औँ वार्षिक साधारणसभा अगावै चलचित्र निर्माता सङ्घ नेपालको दर्ता खारेजी गर्ने सहमतिसमेत भएको छ । राष्ट्रिय चलचित्र नीति २०७१ लाई कार्यान्वयन गराउनका लागि प्रतिबद्ध भएर लाग्ने, बक्स अफिस कार्यान्वयनमा जोड दिइने, चलचित्र निर्माताले सिनेमा भवनबाट ६०५ शेयर पाउने वातावरण तयार पार्न पहल गर्ने, चलचित्र निर्माताहरूले भुक्तानी गर्दै आएको सर्वर शुल्क शत्प्रतिशत मिनाहा गराउन उचित पहलकदम चाल्ने लगायतका सहमति भएको छ ।
-रासस

प्रतिक्रिया